त्रिशूली अस्पतालमा नाक, कान, घाँटी (ENT) ओपिडी सेवा सुरु
नुवाकोट, साउन २१ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा नुवाकोटको त्रिशूली अस्पतालमा नाक, कान, घाँटी (ENT) सम्बन्धी ओपिडी सेवा सुरु भएको छ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएका आवासीय चिकित्सकद्वारा सेवा सञ्चालन गरिएको हो। अबदेखि नाक, कान, घाँटी सम्बन्धी समस्या भएका बिरामीहरूले त्रिशूलीमै सेवा पाउने भएपछि जिल्ला बाहिर जानुपर्ने झन्झटबाट राहत मिल्ने भएको छ।
त्रिशूली अस्पतालले दैनिक रूपमा ओपिडी सेवा सञ्चालन गर्ने जनाएको छ। स्वास्थ्य शाखाले सेवाग्राहीहरूलाई सो सेवा उपयोग गर्न आग्रह गर्दै सबैलाई जानकारी गराएको छ।
अस्पताल प्रशासनले नियमित रूपमा विशेषज्ञ सेवा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

