सुनकाे मूल्य घट्दा चाँदीकाे बढ्याे, आज कतिमा हुँदैछ किनबेच ?
काठमाडाैं,साउन २१ । बुधबार नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । सुनकाे मूल्य आज प्रतिताेला १०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ९८ हजार ४०० रूपैयाँ निर्धारण गरिएकाे छ ।
हिजाे ताेलामा १९०० रूपैयाँले बढेकाे छापावाल सुन प्रतिताेला १ लाख ९८ हजार ५०० रूपैयाँमा खरिदबिक्रि भएकाे थियाे ।
त्यस्तै आज चाँदीकाे मूल्य भने ताेलामा २५ रूपैयाँले बढेकाे छ । मंगलबार २ हजार २८० रुपैयाँमा कारोबार भएकाे चाँदी बुधबार २ हजार ३०५ रूपैयाँ कायम भएकाे छ ।

