धादिङमा गाई भैँसीमा रेबिजको सङ्क्रमण



धादिङ,साउन २१ । जिल्लाका केही स्थानीय तहहरूमा किसानहरूले पालेका गाई भैँसीमा रेबिजको सङ्क्रमण देखा परेको भन्दै किसानहरूलाई पशु सुरक्षाका विधि अपनाउन पशु सेवा कार्यालय धादिङले आग्रह गरेको छ ।

किसानहरूले पालेका गाई भैँसीमा रेजिव देखिनुको प्रमुख कारण कुकुरको टोकाइबाट मात्रै नभई जङ्गली जनावरको टोकाइबाट पनि हुने भएकोले गोठको विशेष सुधार गर्न किसानहरूलाई कार्यालयले आग्रह गरेको हो ।

पशु सेवा कार्यालय धादिङका प्रमुख बवलु ठाकुरले पशु पालक किसानहरूलाई आफ्ना गोठ ओर पर जङ्गली जनावर पस्न नसक्ने गरी तार वार गर्ने न्याउरी मुसाहरू छिर्न नसक्ने बनाउन सुझाव दिएका छन्  । यसै गरी स्थानीय तहहरूले पनि सामुदायिक कुकुरहरुलाई भ्याक्सीनेसन गर्ने कार्यक्रम चलाउनु पर्ने र कुकुरहरूको सङ्ख्या वृद्धि गर्न नदिनका लागी पशु बन्ध्याकरण गर्नु पर्ने सुझाव दिएका छन्  ।

पशुमा रेबिज जङ्गली सङ्क्रमित स्याल, न्याउरी मुसालगाएत कुकुर बिरालो र मुसाको टोकाइबाट लाग्ने उनले बताए।  गोठको भौतिक र जैविक सुरक्षा मात्रै गर्न सकेको खण्डमा रेबिज सङ्क्रमणबाट आफ्नो पशु चौपायलाइ बचाउन सकिने उनको सुझाव छ ।

नीलकण्ठ नगरपालिका र बेनी घाट रोराङ्ग गाउँपालिकाका किसानहरूले पालेका पशुमा अहिले रेबिजको सङ्क्रमण निकै फैलिएको जिल्ला पशु सेवा कार्यालय धादिङले जनाइएको छ । किसानहरूलाई सङ्क्रमित गाई भैँसीको दुध बिक्री नगर्न समेत पशु सेवा कार्यालय धादिङले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्