हाई लाइफको प्रिमियम बासमती चामल बजारमा



काठमाडौं,साउन २२ । हाई लाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । बुधबार काठमाडौँमा आयोजित हाई लाइफ पार्टनर मिटमा  कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतका सञ्चालकले हाई लाइफको नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गरे ।

कम्पनीका अनुसार हाई लाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो ।

नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दैहाइलाइफ फूड्सले नयाँ प्रडक्टका रूपमा प्रिमियम  बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ डायबेटिक बिरामीका लागि  पनि उपयुक्त हुने जनाइएको छ ।

अध्यक्ष पौडेलले भने “आजसम्म हाई लाइफले एफएमसिजी अन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौँ, जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मसौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन् ।”

प्रतिक्रिया दिनुहोस्