म्यान्माका पूर्व राष्ट्रपति मिन्ट स्वेको निधन
याङ्गुन,साउन २२ — म्यान्माको सेनाद्वारा नियुक्त पूर्व राष्ट्रपति तथा पूर्व जनरल मिन्ट स्वेको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको छ। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनी नेपिडोस्थित अस्पतालमा सघन हेरचाहमा रहेका थिए।
सन् २०२१ मा सेनाले कू गरेर आङ सान सु कीको सरकार अपदस्थ गरेपछि मिन्ट स्वेलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरिएको थियो। उनले केही समय सशस्त्र सेना प्रमुख मिन आङ ह्लाइङको ठाउँमा राष्ट्रपति पदको भूमिका पनि सम्हालेका थिए।
सेनाले राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने जनाएको छ।

