उत्तराखण्ड आएको बाढीमा परेर धादिङका चार जना सम्पर्क विहिन



धादिङ,साउन २३ । भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तर काशीको हर्सिल क्षेत्रमा मङ्गलवार दिउँसो आएको बाढीमा परेर धादिङको ४ जान सम्पर्क विहीन भएका छन् । उक्त बाढीमा परेर ज्वालामुखी गाउँपालिका स्थित वडा नम्वर –२ काफल छापका ४ जना सम्पर्क विहीन भएका हुन् ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले भारतमा मजदुरी गर्न गएका स्थानीय बासिन्दा बाढीपछि सम्पर्कमा नआएको जानकारी दिएका हुन्  । सम्पर्क विहिनहरुको खोजी कार्य भई रहेको अध्यक्ष दनैले जानकारी दिएका छन्  । उनीहरूको खोजीका लागी आफूलगायत स्थानीय तह लागी रहेको जानकारी दिएका हुन् । “बाढीपछि बेपत्ता भएकाहरू हालसम्म सम्पर्कमा आएका छैनन्, उनीहरूसित सम्पर्क हुन नसकेको परिवारजनले बताएका छन् ।”

सम्पर्कमा विहीन भएका मध्य फे लामा तामाङ्ग,लाल बहादुर तामाङ्ग, फो लामा तामाङ्ग,सिह बहादुर तामाङ्ग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्