पञ्चकन्यामा तीनदिने राष्ट्रिय परिचयपत्र शिविर सुरु, पहिलो दिन ७५ जनाले सेवा लिए



नुवाकोट, साउन २३ — पञ्चकन्या गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउन छुट भएका नागरिकहरूका लागि सञ्चालन गरिएको तीनदिने शिविर आजदेखि सुरु भएको छ। गाउँपालिकाको आयोजनामा र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सुरु गरिएको शिविरको पहिलो दिन ७५ जनाले सेवा लिएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिएका छन् ।

शिविरको पहिलो दिन पञ्चकन्या गाउँपालिकाको कार्यालय लाकुरीभञ्ज्याङ् मा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सेवा प्रदान गरिएको थियो। शिविर साउन २४ गते पनि सोही स्थान र समयमै सञ्चालन हुनेछ।

तेस्रो दिन साउन २५ गते बिहान ८ बजेदेखि १ बजेसम्म पञ्चकन्या–४ को ठकुरी टोलमा, त्यसपछि दिउँसो १ बजेदेखि ४ बजेसम्म थप्रेक स्वास्थ्य चौकीमा परिचयपत्र बनाउने कार्य हुने जनाइएको छ।

गाउँपालिकाले छुट भएका सबै नागरिकलाई तोकिएको समयमै सेवा लिन अनुरोध गरेको छ। शिविरसम्बन्धी सूचना प्रमुख प्रशासनिक अधिकृत हिराचन राईद्वारा सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्