विदुरमा ‘वेत्रावती जुडो हल’ उद्घाटन



नुवाकोट,साउन २४ — विदुर नगरपालिका–१० स्थित वेत्रावतीमा निर्माण गरिएको ‘वेत्रावती जुडो हल’को शनिबार विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ।

उद्घाटन कार्यक्रममा वडा नं. १० का अध्यक्ष गणेशकुमार नेपाल, निर्माण उपभोक्ता समितिका पदाधिकारी, जुडो खेलाडीहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

स्थानीयस्तरमा खेलकुद पूर्वाधार विकास र खेलाडीहरूको प्रशिक्षण सुविधाका लागि निर्माण गरिएको यो जुडो हलले जिल्लामा जुडो खेलको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्