नुवाकोटको शिवपुरी–४ मा रास्वपाको तदर्थ समिति गठन



नुवाकोट,साउन २४— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संगठन विस्तार अभियान अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ।

शनिबार शिवपुरी–४ मा आयोजित भेलामा केदार खडकाको सभापतित्वमा समिति गठन गरिएको हो। समितिको उपसभापतिमा नवराज गुरुङ, सचिवमा सन्जेश थापा तथा सदस्यमा राजु विक, पन्चकुमार तामाङ, राजकुमार बुढाथोकी, भवानी खडका, अपुर्वराज थापा, मच्छिन्द्र खडका, रामकुमार तामाङ, होम बहादुर तामाङ, अमृत खडका, सम्झना तामाङ चयन भएका छन्। कार्यक्रममा रास्वपाका नेता तथा स्थानीय रास्वपा समर्थित युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।

समितिमा जिम्मेवारी पाएका पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिँदै आयोजकले चाडपर्वको समयमा पनि अभियानमा सहभागी सबैलाई धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्