धादिङ र चितवनका दुई ठाउँमा ‘साइरन’ जडित सूचना प्रणाली स्थापना



धादिङ,साउन २५ । सवारी दुर्घटना र प्राकृतिक प्रकोपजन्य विपद्को खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बलले चितवन र धादिङका दुई ठाउँमा ‘साइरन’ जडित सूचना प्रणाली स्थापना गरेको छ ।

मुग्लीन-नरायण्घाट सडक खण्डको सिमलताल र पृथ्वी राजमार्ग अन्तर्गत मलेखु मौवा खोला खण्डमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ खटौतीमा प्रकोप र दुर्घटनासम्बन्धी सूचना दिने प्रणाली इलेक्ट्रिक डिभाइस जडान गरेको हो ।

सूचना प्रणालीको सञ्चालन कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट हुने छ । यो प्रणाली जडानसँगै त्यस क्षेत्रमा दुर्घटना वा विपद्का घटना भएमा सर्वसाधारणले समेत डिभाइसमार्फत सूचना प्रवाह गर्न सक्नेछन् ।

त्यस्तो सूचना दिएलगत्तै सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालयमा साइरन बज्नेछ । त्यसपछि घटनास्थल पुगेर खोज तथा उद्धार गर्न सशस्त्रलाई सहज हुने छ । विषेश गरी राजमार्ग क्षेत्रमा हुने गरेको सवारी दुर्घटानाको समयमा उद्धारका लागी निकै सहज हुने ट्राफिक प्रहरीको भनाई छ ।

डिभाइस जडानसँगै दुर्घटनालगायत विपद्जन्य घटनाको खोज, उद्धार र नियन्त्रणमा सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरीक कार्यालय धादिङका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताएका छन् । प्राकृतिक  विपदका बेलाका लागी त यो झनै यपयोगी हुने विश्वस प्रहरीको छ ।

‘साइरनसहित डिभाइस जडान गरिएका क्षेत्र वरपर कुनै पनि घटना तथा दुर्घटना भएमा घटनास्थलबाटै स्थानीय बासिन्दा वा जोसुकैले सूचना प्रवाह गर्न सक्छन्, ।

त्यस डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ, बटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनकारमा जडान गरिएको डिभाइसमा साइरन बज्नेछ, त्यसपछि शिक्षालयमा रहेको मोनिटरमा घटनास्थलको लोकेसनसहित जानकारी प्राप्त हुन्छ र तत्कालै सुरक्षा फौज खोज, उद्धारका लागि परिचालन हुन्छन् यसले सहयोग गर्ने छ ।

विपद् व्यवस्थापन र सवारी दुर्घटनाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न यो प्रणाली प्रभावकारी र उपयोगी हुने शसस्त्र प्रहरी वलले जनाईएको छ ।

काठमाण्ठौको नागढुङ्गादेखी चितवनको नारयणगढसम्म सडक दुर्घटना, बाढी पहिरोलगायत विपद्का घटना र दुर्घटनाले बर्सेनि जनधनको क्षति हुँदै आएको छ । यस्ता घटनामा स्रोतसाधन र तालिमप्राप्त जनशक्ति पर्याप्त नहुँदा तथा व्यवस्थित पूर्वाधार अभाव मूल समस्याका रूपमा देखिएको छ ।

दुर्घटना र प्राकृतिक प्रकोपजन्य घटनामा नागढुङ्गादेखी नरायणगडसम्म गत वर्ष दुई ठुला दुर्घटनामा ठुलो मानवीय क्षति बेहोर्नु परेको थियो । समयमै सूचना र खोज एवं उद्धार नहुँदा मानवीय क्षति भएको हो ।

विपद्लगत्तै सूचना प्रवाह हुन नसक्दा खोज तथा उद्धारमा भएको ढिलाइले राजमार्ग क्षेत्रमा हुने गरेको सवारी दुर्घटना लगाएत अन्य प्रकृतिक प्रकोपको समयमा निकै ठुलो धनजनको क्षति हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्