राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेटवार्ता



काठमाडौं,साउन २५ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्  ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा भर्खरै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शानिबार स्वदेश फर्किएका हुन्  । भेटमा समसामयिक अन्य विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्