नुवाकोटमा कारको ठक्करबाट एकजना गम्भीर घाइते
नुवाकोट,साउन २५ — नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारमा कारको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्।
आइतबार बेलुकी करिब ८ बजे बा ३ च ४२४३ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रु तार्केश्वर गाउँपालिका–६ का ५७ वर्षीय धनबहादुर तामाङ घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते तामाङलाई स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। गाडीलाई नियन्त्रणमा लिई दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

