ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु



नवलपुर,साउन २५ । नवलपुरको गैँडाकोडमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। गैँडाकोटबाट कावासोतीतर्फ आउँदै गरेको ना ५ ख ८४३१ नम्बरको ट्रकले विपरित दिशामा गुडिरहेको लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक कावासोती वडा नं. ३ का दुलबहादुर सुनारको मृत्यु भएको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।

ट्रकमा सवार अर्का एक जनाको भने पहिचान हुन नसकेको नेपालले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्