नयाँ सवारी तथा यातायात ऐन ल्याउने तयारी



काठमाडौँ, साउन २६ — सरकारले ट्राफिक नियम उल्लङ्घन घटाउन नयाँ सवारी तथा यातायात व्यवस्था ऐन ल्याउने तयारी गरेको छ।

मन्त्रिपरिषद् स्वीकृतिपछि संसद्मा पेश हुने विधेयकमा ३४ प्रकारका उल्लङ्घनमा तत्काल कारबाही र पाँच सयदेखि ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था प्रस्ताव गरिएको छ।

गम्भीर दुर्घटनामा ज्यान मार्ने मनसाय प्रमाणित भए चालकलाई जन्मकैद हुने व्यवस्था छ।

विभिन्न उल्लङ्घनमा दुई हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना, चोरी सवारी चलाए ५० हजार रुपैयाँ, र गतिमा सीमा नाघे पाँच हजार रुपैयाँ जरिवाना हुने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया दिनुहोस्