ताेलामा ११०० रूपैयाँ घट्याे सुनकाे मूल्य चाँदीकाे कति ?
काठमाडाैं,साउन २६ । लगातार बढेकाे उच्च बिन्दुमा पुगेकाे सुनकाे मूल्य साेमबार पनि घटेकाे छ । नेपाली बजारमा आज सुनकाे मूल्य प्रतिताेला ११०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ९८ हजार १०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।
हिजाे छापावाल सुनकाे मूल्य ताेलामा २०० रूपैयाँले घटेर १ लाख ९९ हजार २०० रूपैयाँ कायम भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले घटेकाे छ । हिजाे प्रतिताेला २ हजार ३३० रूपैयाँमा काराेबार भएकाे चाँदी आज २ हजार ३१५ रूपैयाँ ताेकिएकाे छ ।

