स्याङजाका सन्दिप खत्रि क्षेत्रि छानिए नेपाल प्रिमियर लिगमा



स्याङ्जा,साउन २६ । स्याङ्जाको गल्याङ नगरपालिका–१०, पक्वादीका २२ बर्सिया युवा क्रिकेटर सन्दीप खत्री क्षेत्री पहिलो पटक नेपाल प्रिमियर लिग एनपियल खेल्नका लागि छानिएका छन् ।  यसअघि जिल्लाबाट कसैले पनि राष्ट्रिय स्तरको फ्रेन्चाइज लिगमा सहभागिता जनाएका थिएनन् ।  जसले गर्दा जिल्लाकै लागि एउटा ऐतिहासिक उपलब्धि मानिएको छ ।

सन्दीपलाई पोखरा यभेन्जर्सले यही नोभेम्बरबाट काठमाण्डौँमा सुरु हुने एनपियल खेलका लागी आफ्नो छनोट समूहमा समावेश गरेको हो । पछिल्ला केही वर्षयता उनी स्थानीय तथा क्षेत्रीय स्तरमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए, जसको प्रति फलस्वरूप उनी नेपाल प्रिमियर लिगको चर्चित टोलीमा पर्न सफल भएका छन्।

उनको छनोटले स्याङ्जाका अन्य युवा खेलाडीहरूलाई समेत क्रिकेटप्रतिको आकर्षणलाई अझै बढाउने विश्वास लिइएको छ ।  प्रतिभा र मेहनतको सही मूल्याङ्कन यसरी हुने हो भने साना ठाउँका खेलाडीहरू पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाउन सक्छन् भन्ने सन्देश सन्दीपको सफलताले दिएको छ ।
स्याङ्जाबाट राष्ट्रिय लिगमा पाइला टेकेको यो उपलब्धिले जिल्ला खेल क्षेत्रको विकासमा नयाँ युगको सुरुवात गर्न सक्नेछ । सन्दीपलाई सफलताको शुभकामना दिँदै, पछिल्लो समय जिल्लामा विभिन्न खेल प्रेमी समूहले सम्मान गर्न सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्