चिनियाँ उन्नत जातको धानको परिक्षण सुरु



चितवन,साउन २६ । उन्नत जातका चिनियाँ धानको नेपालमा उत्पादन गराउन परिक्षण थालिएको छ । चिनियाँ वर्णशंकर धानलाइ रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयमा चिनियाँ हाइब्रिड धानका प्रजातिहरूको परीक्षण सुरु गरिएको हो । नेपालमा व्यावसायिक रूपमा अपनाइएका हाइब्रिडहरू र हाम्रो आफ्नै नेपाली हाइब्रिड, प्रजातिहरूको स्क्रिनिङ र तुलना गरिनेछ ।

हाइब्रिड धान प्रविधि पार्क बनाएर चिनको छोङ चिङ कृषि प्रतिष्ठानले विकास गरेका ३७ जातका धान परिक्षण गरिनेछ । नेपालका लागि चिनियाँ राजदुत छेन सोङ पार्कमा पुगेर धान रोपेका थिए । सोङले चिनियाँ प्रविधिले नेपालको किसानको सपना पुरा हुने दावी गरेका छन्  ।

चिनियाँ धानसंग नेपालको हर्दिनाथ–१ सहित नेपाली किसानले मन पराएका अन्य दुई जातका धानको उत्पादन , स्वाद र रोगसंग लड्ने क्षमता तुलनात्मक अनुसन्धान परिक्षण गरिनेछ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले थोरै लागतमा धेरै उत्पादनका लिन किसानको लागि उपलब्धिमुलक हुने बताए । कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले पाँच वर्षसम्म परिक्षण गरेर क्षेत्र विस्तार गरेपछि मात्रै कृषकमाझ लगिने बताए ।

प्रतिक्रिया दिनुहोस्