कञ्चनपुरका विपिन जोशीका परिवार इजरायलतर्फ



काठमाडौं,साउन २७ — हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीकी आमा पद्मा जोशी र दिदी पुष्पा जोशी सोमबार इजरायल प्रस्थान गरेका छन्।

त्रिभुवन विमानस्थलमा नेपालका लागि इजरायली राजदूत स्मुलिक अइर बासले बिदाइ गरे।

सन् २०२३ अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा विपिन अन्य इजरायलीसँगै बन्धक बनेका थिए।

इजरायली सरकारले उनलाई नागरिक सरह प्राथमिकतामा राखी मुक्त गराउन प्रयास जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्