प्रतिताेला १३०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडाैं,साउन २७। मंगलबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजो तोलामा ११०० रुपैयाँले घटेको सुनको मूल्य आज एकैदिन तोलामा १३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतिताेला १ लाख ९६ हजार ८०० रूपैयाँमा काराेबार भइरहेकाे छ ।
हिजाे छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ९८ हजार १०० रूपैयाँ कायम भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेकाे छ । हिजाे प्रतिताेला २ हजार ३१५ रूपैयाँमा काराेबार भएकाे चाँदी आज २ हजार ३०५ रूपैयाँ ताेकिएकाे छ ।

