फोनिजद्वारा दुई पत्रकार सम्मानित
पोखरा,साउन २७ — नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) गण्डकीले कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशील)लाई कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित गरेको छ।
पोखराका व्यवसायी विमलमान गुभाजू तथा परिवारद्वारा आमा नेत्रकुमारी गुभाजू र बाबा वेदमान गुभाजूको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार फोनिजको २६औँ स्थापना दिवसका अवसरमा मंगलबार प्रदान गरिएको हो। सम्मानित पत्रकारलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पुरस्कारदाता गुभाजू परिवार र फोनिज गण्डकी अध्यक्ष खिमा कुमारी गुरुङले दोसल्ला, सम्मानपत्र र २५ हजार रुपैयाँसहित सम्मान गरेका हुन्।
कार्यक्रममा प्रमुख आचार्यले पुरस्कार निरन्तर मेहनतको फल भएको उल्लेख गर्दै यसले पत्रकारिता क्षेत्रमा हौसला बढाउने बताए। सम्मानित पत्रकारहरूले पुरस्कारले पत्रकारितामा निरन्तर लाग्ने प्रेरणा मिलेको प्रतिक्रिया जनाए।

