चितवन निकुञ्ज सुरक्षामा हात्तीको भूमिका अपरिहार्य, संरक्षणमा चुनौती



चितवन,साउन २८— हात्ती संरक्षणमा चुनौती देखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार हात्ती निकुञ्ज सुरक्षाको पहिलो आवश्यकता हो । बाघ नियन्त्रण, गैँडा गणना, औषधि ढुवानी, बिरामी सार्नदेखि यातायातसम्म हात्तीको प्रयोग हुने भएकाले यसको संरक्षण अनिवार्य मानिएको छ ।

हात्तीमा जङ्गलमा हिँड्दा चोटपटकको समस्या रहँदै आएको छ भने वासस्थान मासिँदै जाँदा चुनौती थपिएको छ । हाल निकुञ्जमा ६० सरकारी र ४३ निजी हात्ती रहेका छन् ।

कोभिड–१९ पछि पर्यटक कमी, उच्च खर्च र आम्दानी घट्दा निजी हात्तीको सङ्ख्या घटेको छ । विदेशी पर्यटकले हात्ती चढ्न नमान्दा होटल व्यवसायीलाई पाल्न कठिन भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्