स्वास्थ्य बिमा कार्यक्रम संकटमा, आर्थिक असन्तुलन र जनशक्ति अभाव मुख्य चुनौती



काठमाडौँ,साउन २८— एक दशकअघि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम दक्ष जनशक्ति, प्रविधि र आर्थिक स्रोतको अभावका कारण संकटमा परेको छ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले वार्षिक २५ अर्ब खर्च हुने कार्यक्रमबाट सरकार र बिमितमार्फत जम्मा १० अर्ब ५० करोड मात्र उठ्ने बताए ।

कोभिड–१९ पछि बिमितको योगदान कम, अस्पताल भुक्तानीमा ढिलाइ र गुणस्तर खस्कँदै गएको गुनासो बढेको छ । लक्षित वर्गलाई सरकारले ५० प्रतिशतसम्म निःशुल्क सुविधा दिए पनि ५० प्रतिशतभन्दा बढीले निःशुल्क सेवा लिने गरेका छन् ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यक्रमलाई बलियो बनाउन सामाजिक सुरक्षा कार्यक्रमहरू एकीकृत गर्ने र प्रत्येक कर्मचारी र रोजगारदाताबाट एक–एक प्रतिशत योगदान गर्ने प्रस्ताव अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्