अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवालाई सम्मान
काठमाडौं,साउन २८ । अन्तर्राष्ट्रिय युवा दिवस २०२५ को अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
युनिभर्सल पिस फेडरेसन (युपिएफ)–नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका युवा उद्यमी तथा स्रष्टाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एवं सांसद एकनाथ ढकालले दिगो विकास लक्ष्य प्राप्तिमा युवाहरूको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए ।
त्यसबखत काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल, अन्तर्राष्ट्रिय प्रतिनिधि रिचेल जलिपा, वरिष्ठ गायक आनन्द कार्की, गायिका निशा देशारलगायतको उपस्थिति रहेको थियो । युपीएफले हरेक वर्ष युवा दिवसको अवसरमा युवाहरुलाई सम्मान गर्दै आएको छ ।

