नुवाकोट ककनीकी एक महिला सम्पर्कविहीन
नुवाकोट, साउन २८ । नुवाकोटको ककनी गाउँपालिका–५ सिम्ले माइती भएकी तथा हाल काठमाडौं नारायणस्थान बसोबास गर्दै आएकी वर्ष २९ की ललिता सेन्चुरी मंगलबारदेखि सम्पर्कविहीन भएकी छन्।
बेपत्ता ललिताकी दिदी पारु सेन्चुरीका अनुसार काम गर्न भनी निस्किएकी ललितासंग फोन सम्पर्क हुन नसकेको र हालसम्म कुनै ठाउँमा फेला नपरेको जनाइएको छ।
यदि कसैले ललिता विश्वकर्मालाई देख्नु वा भेट्नु भएको छ भने तत्काल ९८०८०६७१९९ नम्बरमा सम्पर्क गर्न परिवारजनले आग्रह गरेका छन् ।

