एसईई ग्रेड वृद्धि परीक्षामा सहभागिता घट्यो, ८६० जनाको नतिजा परिवर्तन
काठमाडौं,साउन २९ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को साउन २९ गतेदेखि हुने ग्रेड वृद्धि परीक्षामा अपेक्षाकृत कम विद्यार्थी सहभागी हुने भएका छन्।
एक लाख ६७ हजार अनुत्तीर्णमध्ये १ लाख ४२ हजार ८५३ ले मात्र फाराम भरेका छन्। देशभर ४६९ परीक्षा केन्द्र तोकिएका छन् र पहिलो दिन अनिवार्य अङ्ग्रेजी परीक्षा हुनेछ।
यसैबीच, रिटोटलिङका लागि आवेदन दिएका २७ हजार ३१५ मध्ये ८६० जनाको नतिजा परिवर्तन भएको छ, जसमा केहीको ग्रेड वृद्धि भई ४ जीपीएसम्म पुगेको छ। बोर्डले ग्रेड वृद्धि परीक्षाको नतिजा दसैँअघि नै सार्वजनिक गर्ने तयारी गरेको छ।

