बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं,साउन २९ । गत आइतबारदेखि निरन्तर घटेको सुनको मूल्य बिहिबार बढेको छ । नेपाली बजारमा बुधबार तोलामा १०० रुपैयाँले घटेको सुनको मूल्य आज १०० रुपैयाँले नै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ७०० रूपैयाँ कायम भएको थियो ।

यता आज चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले बढेको छ । हिजो प्रतितोला २ हजार ३२५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३४० रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्