गत्लाङबाट काठमाडौं जाँदै गरेको बस लहरेपौवामा दुर्घटना
नुवाकोट,साउन २९ — गत्लाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ८४३५ नम्बरको यात्रुवाहक बस उत्तरगया गाउँपालिका–५ लहरेपौवामा दुर्घटना भएको छ।
बिहीबार दिउँसो भएको दुर्घटनामा १५ जना घाइते भएका छन्।
विस्तृत विवरण भने प्राप्त भएको छैन। सुरक्षाकर्मी र स्थानीयवासी उद्धारमा खटिएका छन्।

