‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल



चितवन,साउन २९ । चीनले भरतपुरको क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र बनाउँदै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र निमार्ण गर्न लागिएको छ । अस्पतालभित्र चीन सरकारको सहयोगमा सेवा सञ्चालनको लागि अलग्गै युनिट बनाउन लागिएको हो । भवन निर्माण, उपकरण खरिद र जनशक्तिलाई तालिम चिनियाँ सरकारले व्यवस्थापन गर्ने जिम्मेवारी सहित काम अघि बढाउन लागिएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए ।

चिनियाँ विशेषज्ञ सहितको चिकित्सक टोलीले अस्पतालमा अनुगमन र अध्ययन थालेको छ । अस्पतालले वातावरणीय मूल्याङ्कनको काम भइरहेको क्यान्सर अस्पतालले जनाएको छ । संरचना निर्माणदेखि चिकित्सकलाई सैद्धान्तिक र प्राविधिक तालिम चिन सरकारले व्यवस्थापन गर्नेछ ।  वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको बताउँदै डा. पौडेलले प्रतिवेदन बुझाएपछि चीन सरकारले काम थालनी सुरु हुने बताए ।

करिब नौ करोडको लागतमा चार कट्ठामा भवन बनाउन लागिएको हो । चिनियाँ टोलीले अबको एक साता अस्पतालको विभिन्न विभागको अनुगमन गर्नेछ । बानम्यारो प्रत्यारोपणसँग सम्बन्धित आइसियु, प्याथोलोजी , रेडियोलोजी , मेडिकल अंकोलोजी लगायतको सेवाको अवस्था बारे अनुगमन गरेपछि त्यसको स्तरोन्नतिको आवश्यकता बारे सुझाव दिनेछन् । अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपानेले सेवा सुरु भएपछि नेपाली बिरामीका लागि सहज हुने बताए ।

एउटा विरामी २१ देखी २८ दिनसम्म अस्पतालमै राख्नुपर्छ । नेपालबाट उपचारका लागि महँगो शुल्क तिरेर भारत जानुपर्ने बाध्यता छ । नेपालमा बोनम्यारो प्रत्यारोपण गर्ने बिरामी वार्षिक पचासको हाराहारीमा छन् । एउटा बिरामी अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण शाहले प्रत्यारोपण केन्द्र बनेपछि भारत जाने बाध्यता हट्ने बताए । बोनम्यारो ट्रान्सप्लान्ट वार्ड परियोजनाका लागि काम तीव्र पारिने चिनियाँ चिनियाँ विशेषज्ञ टोलीका प्रमुख डा. चाओ गुइमिनले बताए ।

२०८१ वैशाख १३ गते स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल र चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेसनल डेभलेपमेन्ट को–अपरेसन एजेन्सी) का प्रमुख लियु झाओ हुईले यससम्बन्धी सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्