देविघाटको वृद्धाश्रमका लागि गाई सहयोग



नुवाकोट,साउन ३० — नुवाकोटको तारकेश्वर–२ तारुका निवासी, हाल क्यानडामा बसोबास गर्दै आएका दीपक अधिकारीले देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा बस्ने वृद्धबृद्धाहरुलाई स्वच्छ दूध उपलब्ध गराउने उद्देश्यले एक लाख रुपैयाँ बराबरको गाई सहयोग गरेका छन्।

अधिकारीले उक्त गाई संस्थाका अध्यक्ष विष्णुप्रसाद नेपाललाई औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरेका हुन्। उनले विदेशमा रहँदै पनि जन्मभूमि र समाजप्रतिको जिम्मेवारी निभाउने भावना राखेको भन्दै स्थानीयवासीले उनको प्रशंसा गरेका छन्।

संस्थाका अध्यक्ष नेपालले यस सहयोगले वृद्धबृद्धाको आहारमा पौष्टिकता थप्ने र उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्