नुवाकोटको शिवपुरीमा एक युवक झुन्डिएको अवस्थामा फेला
नुवाकोट,साउन ३० — शिवपुरी गाउँपालिका–८ थानापतिमा एक युवक झुन्डिएर आत्महत्या गरेका छन् । २१ वर्षीय कृष्ण नेपालीले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
लागुपदार्थको दुर्व्यसनी रहेको भनिएका उनी गएराति करिब साढे १ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
घटनापछि प्रहरीले शवलाई पोष्टमार्टमका लागि त्रिशुली अस्पताल पठाएको जनाएको छ। कृष्ण घरमा बुबासँग बस्दै आएका थिए।

