शुक्रबार तोलामा ६०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?



काठमाडाैं,साउन ३० । शुक्रबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । बिहिबार ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज प्रतिताेला ६०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ८०० रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रूपैयाँले घटेकाे छ । यता आज चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले बढेको छ । हिजो प्रतितोला २ हजार ३४० रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्