१२ वर्षपछि पुनर्जीवित नगदेश भैरवको जात्रा सम्पन्न



काठमाडौं,साउन ३०— १२ वर्षपछि पुनर्जीवित भएको नगदेश भैरवको जात्रा सम्पन्न भएको छ। गएको सोमबारदेखि सुरु भएको जात्रा बिहीबार राति नगदेश परिक्रमासहित सम्पन्न भएको हो।

तान्त्रिक तथा नेवार परम्परामा आधारित यो सांस्कृतिक नाचमा ज्यापुंगचा, न्हापा भैल, लिपा भैल, न्हापा दागिं, लिपा दागिं गरी पाँच देवगणले विशेष प्रकारको नाच प्रस्तुत गर्छन्। नेवार समुदायले बजाउने धाँ बाजा, भुस्या बाजा, पुंगा लगायतका बाजाको तालमा भैरवसहित देवगणहरुले नाच प्रदर्शन गर्ने परम्परा छ।

नाचका गुरुका अनुसार सहकाल, रोगव्याधिबाट बच्न-बचाउन तथा प्राकृतिक प्रकोपजस्ता विपत्तिबाट जोगिन यो नाच प्रस्तुत गरिन्छ।

प्रतिक्रिया दिनुहोस्