भदौ १५ सम्म रातको समयमा बीपी राजमार्गमा सवारी रोक



काभ्रेपलाञ्चोक,साउन ३०— जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा लगाइएको रोकलाई भदौ १५ गतेसम्म निरन्तरता दिएको छ।

मनसुन सक्रिय रहँदा बाढी–पहिरोको जोखिमका कारण काभ्रेभञ्ज्याङदेखि सिन्धुलीसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी सञ्चालन रोकिएको हो।

गत वर्षको असोजमा रोसी खोलामा आएको बाढीले राजमार्गका केही भागमा क्षति पुर्याएको र वर्षायाममा सडक अवरुद्ध हुने घटनाले यात्रु मर्कामा पर्ने भएकाले रोक कायम गरिएको प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्