कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ जना नेपाली श्रमिकहरुको मृत्यु, ३५ जना अस्पतालमा



काठमाडौं,साउन ३० । कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ जाना नेपाली श्रमिकहरुको मृत्यु भएको छ भने कतिपय श्रमिकहरु अस्पतालमा भर्ना भएका छन।

विषाक्त मदिरा सेवनका कारण यस्तो घटना घटेको कुवेत प्रहरीको प्रारम्भिक रिपोटले देखाएको छ   । हाल सम्म ७ जानको मृत्यु भएको र  थप के कति नेपाली श्रमिकको हताहती भएको भन्ने विवरण बुझ्ने काम भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले नेपालटिभी अनलाइनलाई जानकारी दिए ।

प्रवक्ता पौडेलका अनुसार हालसम्म ३५ जना नेपाली श्रमिकको  कुवेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।  उनिहरुको उपचारमा कुनै कमी हुन नदिन मन्त्रालयले त्यहाँ स्थित कुवेत सरकार, स्वास्थ्य मन्त्रालय र स्थानीय प्रहरीसँग कुवेतस्थित नेपाली दुतावास मार्फत समन्वय गरिरहेको प्रवक्ता पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्