शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा प्याब्सनको ज्ञापनपत्र



नुवाकोट,साउन ३० — निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) नुवाकोटले निजी विद्यालय राष्ट्रियकरणको प्रयासको विरोध गर्दै शुक्रबार शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा ज्ञापनपत्र बुझाएको छ।

प्याब्सन नुवाकोटले प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरे र जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम ठकुरी जिसस प्रमुख रजिन्द्रबिक्रमसिंह ठकुरी र शिक्षा विकास तथा सम्नवय इकाई प्रमुख रामचन्द्र ईटनीलाई ज्ञापन पत्र बुझाएको हो ।

“विद्यालय शिक्षा सम्बन्धी कानुनको समायोजन र फेरबदल गर्न बनेको विधेयक–२०८०” का केही प्रावधानप्रति आपत्ति जनाउँदै, निजी विद्यालयलाई समुदायमा रूपान्तरण गर्ने, पूर्ण शुल्कमुक्त शिक्षा लागू गर्ने र सम्पूर्ण सुविधा राज्यले उपलब्ध गराउने व्यवस्था अव्यवहारिक रहेको दाबी गरिएको छ।

प्याब्सनले यसले विद्यालयको अस्तित्व संकटमा पर्ने, रोजगारी गुम्ने र शिक्षाको गुणस्तर खस्किने चेतावनी दिंदै, १०% छात्रवृत्ति प्रचलनलाई निरन्तरता दिने, “पूर्ण छात्रवृत्ति” शब्द हटाउने र शुल्क संरचना कायम राख्ने माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्