रास्वपा सभापति रवि लामिछाने नक्खु कारागार सरुवा हुने
काठमाडौँ,साउन ३० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट नक्खु कारागारमा सरुवा गर्ने निर्णय भएको छ।
कारागार व्यवस्थापन विभागका अनुसार लामिछानेको सरुवाका लागि अघिल्लो निवेदन रोकिएर बसेको थियो तर हाल मानवअधिकार आयोगको निर्देशनपछि सरुवा गर्ने निर्णय लिइएको हो।
विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीका अनुसार आजै कारागार सरुवा गर्ने निर्णय गरिएको र सो सम्बन्धी पत्र रुपन्देही पठाइसकिएको छ।

