लाखे जात्राका लागि सामग्री हस्तान्तरण
विदुर,साउन ३० — विदुर नगरपालिका–९ को लाखे टोलीलाई परम्परागत सांस्कृतिक पर्व लाखे जात्रा सञ्चालनका लागि आवश्यक सामग्री विदुर नगरपालिकाले प्रदान गरेको छ।
नगरप्रमुख राजन श्रेष्ठले शुक्रबार तीन थान लाखेको बाजा, तीन सेट झ्याली र तीन थान लाखेको कपाल हस्तान्तरण गरेका हुन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

