पेट्रोलको मूल्य बढ्यो
काठमाडौं,साउन ३० । नेपाल आयल निगमले आज पेट्रोलको मूल्य बढाएको छ ।
यता डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ।


