रवि लामिछानेलाई कारागार सरुवा गरिने
काठमाडौं,साउन ३१ । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ ।
कारागार सरुवाका लागि निवेदन दिनुभएका सभापति लामिछानेलाई आज नक्खु कारागार ल्याउने निर्णय गरिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले बताए । उनका अनुसार उक्त निर्णयको पत्र शुक्रबार नै रुपन्देही कारागारमा पठाइएको छ ।
“कारागार सरुवाको निर्णय गरेर आजै पत्र पठाइसकेका छौँ”, “सूचना अधिकारी जोशीले भने, “सुरक्षाको आवश्यक प्रबन्ध गरेर सकेसम्म छिटै नक्खु ल्याइने छ ।”

