नेपालमा मनसुन कमजोर, केही स्थानमा मध्यम वर्षाको सम्भावना



काठमाडौं,साउन ३१— मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको प्रभाव कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागका साथै अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली हुनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भागसहित अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्