नेतृ राधिका तामाङको प्रमुख आतिथ्यतामा कतारमा तीज विशेष समारोह भव्यताका साथ सम्पन्न
दोहा (कतार), साउन ३१ । नुवाकोट सेवा समाज कतारको तीज विशेष समारोह तथा अन्तरक्रिया कार्यक्रम पूर्व राज्यमन्त्री, बाग्मती प्रदेश निवर्तमान उपसभामुख एवं प्रदेश सभा सदस्य राधिका तामाङको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ।
समारोहमा प्रवासी नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको आयोजकहरूले जनाएका छन्। कार्यक्रममा नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिसहित तीज पर्वको महत्व र प्रवासी जीवनमा यसले पुर्याउने योगदानबारे छलफल गरिएको थियो।
यसैगरी नेपाल प्रवासी तामाङ समाज कतार र बागमती प्रदेश समन्वय परिषद कतारको संयुक्त आयोजनामा सम्मान तथा रात्रीभोज कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रवासी नेपालीहरूले आफ्नो सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए।
आज शनिबार नेपाली जनप्रगतिशील मञ्च कतार र तामाङ घेदुङ कतारको आयोजनामा विभिन्न अन्तरक्रिया कार्यक्रम तथा प्रवासी नेपालीहरूसँग भेटघाट कार्यक्रम आयोजना हुँदैछ, जसमा नेतृ तामाङले समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ। तामाङ बुधबार त्यसतर्फ प्रस्थान गरेकी थिइन । भोलि स्वदेश फर्कने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।

