नुवाकोटमा दुई बालिका बेपत्ता



नुवाकोट,साउन ३१ — दुप्चेश्वर गाउँपालिका–६, समुन्द्रटारस्थित रुकमणी माध्यमिक विद्यालयमा अध्ययनरत दुई बालिका हराएका छन्।

हिजो साउन ३० गते बिहान विद्यालय जान भनेर घरबाट निस्किएका ९ र १० वर्षीया अनिषा बिक (कक्षा ४) र रुपा तामाङ (कक्षा २) विद्यालयमा नपुगेको विद्यालय र परिवारजनले जानकारी दिएका छन्।

विद्यालय प्रशासनले बालिकाहरू हराएको सूचना सार्वजनिक गर्दै खोजी कार्य शुक्रबारदेखि नै  सुरु गरेको छ। यिनबारे कुनै जानकारी वा भेट्ने व्यक्तिले नजिकैको प्रहरी चौकी वा परिवारलाई खबर गरिदिन अनुरोध गरिएको छ।

जानकारी दिन सकिने सम्पर्क नम्बरहरूमा मुकुन्द थापा (९८४१४२२६७४), हरि बहादुर थापा (९८४३४८६७७७) र प्रहरी चौकी समुन्द्रटार (९८५१२४७३९८) रहेको  छ । ।प्रहरीले घटनाबारे जानकारी लिएर खोजी कार्यलाई तीव्रता दिएको दुप्चेश्वरका अगुवा युवा राजकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्