राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा दर्शन र पूजा



काठमाडौँ,साउन ३१— राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा पाटनस्थित ऐतिहासिक कृष्ण मन्दिरमा पुगेर भगवान् श्रीकृष्णको दर्शन तथा पूजा–आराधना गरेका छन्।।

राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मन्दिरमा पुगेर पूजा–आराधना गरी प्रसाद ग्रहण गरेका हुन् ।। राष्ट्र प्रमुखको हैसियतमा कृष्ण जन्माष्टमीका दिन पाटनको कृष्ण मन्दिरमा उपस्थित भई पूजा गर्ने परम्परा रहिआएको छ।

मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिहरूले स्वागत गरेका थिए।

किंवदन्तीअनुसार, महादेव मन्दिर बनाउन राखिएको जग्गामा राजा सिद्धिनरसिंहले खनाउने क्रममा जमिनमुनि कृष्ण मन्दिर फेला परेपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको विश्वास गरिन्छ।

प्रतिक्रिया दिनुहोस्