रास्वपा नुवाकोट लिखु गाउँपालिका–६ मा वडा भेला सम्पन्न, नयाँ कार्यसमिति गठन
नुवाकोट,साउन ३१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखु गाउँपालिका–६ को वडा भेला सम्पन्न भएको छ। शनिबार भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रममा स्थानीय बुद्धिजीवीहरूको समेत उपस्थिति थियो। पूर्व शिक्षक रामप्रसाद भण्डारीले नयाँ पुस्ताको जोश र जागरलाई मर्न नदिई देशको हितमा लाग्न सुझाव दिएका थिए। अर्का पूर्व शिक्षक हरि डङ्गोलले पार्टीलाई चलायमान बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए।
भेलाबाट रामकृष्ण जिसी सभापति, सोभिता नेपाली उपसभापति, सरु रिजाल भण्डारी सचिवमा चयन भएका छन्। त्यस्तै सुजन शाक्य, निराजन भण्डारी, विनायक श्रेष्ठ, सन्तोष पाठक, मधु कुमार भण्डारी, शुशौल भण्डारी, सन्तोष जिसी, राजकुमार भण्डारी, सुरज श्रेष्ठ, मधुसुदन भण्डारी र श्रीराम अधिकारी सदस्यमा निर्वाचित भएका छन्।

