रास्वपा सभापति रवि लामिछाने नक्खु कारागार सारिए



काठमाडौँ,साउन ३१ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौँस्थित नक्खु कारागार सारिएको छ।

शनिबार अपराह्न करिब ५ बजे रूपन्देही कारागारमा रहेका लामिछानेलाई विमानमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याई नक्खु कारागार लगिएको हो। उनी कारागार सरुवाका लागि गत जेठमै निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोक्दै आएको थियो।

बुटवलको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा रहेका लामिछानेलाई केही दिनअघि राष्ट्रिय मानवअधिकार आयोगको टोलीले कारागार अनुगमन गर्दा उनले भैरहवामा ज्यानको असुरक्षा रहेको बताएका थिए। त्यसपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो।

लामिछानेलाई स्वागत गर्न पत्नी निकिता पौडेलसहित उनका समर्थकहरू विमानस्थल अगाडि जम्मा भएका थिए। भीड नियन्त्रण गर्न प्रहरीले आयल निगमतर्फको मार्ग प्रयोग गरी उनलाई विमानस्थलबाट कारागारतर्फ लगेको थियो।

प्रतिक्रिया दिनुहोस्