भारतीय विदेश सचिव मिस्री आज नेपाल आउँदै
काठमाडौं,भदौ १ । भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल आउदैछ्न ।
नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज अर्थात आइतबार नेपाल आउन लागेका हुन्।
विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर सृजना हुने अपेक्षा गरिएको छ ।
भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ जसले हालैका वर्षहरुमा सहकार्यका विविध क्षेत्रहरुमा ठोस प्रगति देखेको र भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिदै आएको भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

