दुई दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव मिश्री काठमाडौंमा
काठमाडौं,भदौ १ । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन् ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहान ९ बजे काठमाडौं ओर्लिए । भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यहाँ रहँदा भारतका विदेश सचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नुहुनेछ । उनी सोमबार काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ ।

