पाकिस्तानमा बाढी–पहिरोमा परी ३४० जनाको मृत्यु



पाकिस्तान,भदौ १ । पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी खैबर पख्तुनख्वा प्रान्तमा ३ सय २८ जनाको मृत्यु भएको छ । पाकिस्तान अधिनस्थ जम्मु–कश्मीरमा ११ जना र गिलगित–बालिस्टान क्षेत्रमा १२ जनाको मृत्यु भएको पाकिस्तानको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । उद्दारमा २ हजारभन्दा बढी मानिस खटिएका छन् । उद्दार जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

पाकिस्तान सरकारले बुनर, बजौर, मानसेरा र बट्टाग्राम जिल्लालाई ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्