आइतबार पनि घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं,भदौ १।आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार तोलामा ६०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार २०० रूपैयाँ कायम भएको थियो ।
यता आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले घटेको छ । हिजो प्रतितोला २ हजार ३१५ रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१० रूपैयाँ तोकिएको छ ।

