ताेलामा ८०० रूपैयाँ बढ्याे सुनकाे मूल्य, चाँदीकाे कति ?
काठमाडाैं,भदौ २ । साेमबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आइतबार ताेलामा ७०० रूपैयाँले घटेकाे सुनकाे भाउ साेमबार प्रतिताेला ८०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९६ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ५०० रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेको छ । हिजो प्रतितोला २ हजार ३१० रूपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ३१५ रूपैयाँ तोकिएको छ ।

